५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेललाई बधाई दिँदै बाँस्कोटाले भने – सडक जाम त आजैबाट अन्त्य भईहाल्छ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिँदै राष्ट्रपतिबाट कसैप्रति पूर्वाग्रही व्यवहार नहोस् भन्ने आशा व्यक्त गरेका हुन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन् – ‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई ! सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति नहोस् र सडक जाम त आजैबाट अन्त्य भईहाल्छ ।’