२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो, त्यसका विरुद्ध हामी छौ : पुष्पकमल दाहाल

अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो, त्यसका विरुद्ध हामी छौ : पुष्पकमल दाहाल
अ अ+ अ-

काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको भन्दै त्यस विरुद्ध एकजुट हुन आव्हान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी  दलका शिर्षनेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र,राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताउनुभएको छ । 

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्टको रक्षाका लागि ५ दलिय गठबन्धन बनेको स्पष्ट पार्नुभयो । उहाँले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो “ लोकतन्त्र,राष्ट्र,संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौ । ओलीका विरुद्ध जाने हदसम्म तपाईहरुसंग हो हामी तर तपाईहरु भित्र पनि हामीले ओली देखेका छौ हामीले । त्यसैले धेरै आसा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँ सम्म हामी संगै छौ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसंग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु । ”

राजनीतिक दलका नेताहरु समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल विर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उहाँले सबै नेताहरु उस्तै नभएको दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रिया देखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समय सम्म आफुले गरेको योगदान तथा सम्झौताहरुको फेयरिस्त राख्दै उहाँले ती काममा लचिलो हुनु गल्ति थियो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “तपाईहरुले भने जस्तो हामी सबै उस्तै चाहीँ होइनौ । केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका ५ पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै होइन ।  म युद्धमा थिएँ ठिकै थिएँ । म शान्तिमा आउनु गल्ति भएको हो ? संविधानसभा बनाउनु गल्ती भएको हो ? संघीय लोकतन्त्र गणतन्त्र घोषणा गर्नु गल्तीभएको हो ? तपाईहरु सोचिदिनोस् । किन यस्तो भयो । मैले चुनाव गरिसकेपछि राजनीतिक स्थायीत्वका लागि कम्युनिष्ट एकता गर्दा ठिक हुन्छ भनेर प्रस्ताव प्रस्ताव गर्न गए । गल्ति गरेँ मैले ? मैले गलत सम्झौता गरेको थिएँ त केपी संग ? लिडरसिपका बारेमा गरिएका सम्झौता सहमतिहरु गल्ती थिए त ? राष्ट्रको अहितमा थिए त ? यो पटक त लिखित गरिएको छ भन्ने ठानेँ मैले । सबैको हस्ताक्षर सहितको दस्तावेज पारिएको छ भने ठिकै छ । यस्तो त नहोला भनेको । मेरो गल्ती हो त्यो ? ”

कम्युनिष्ट पार्टी एकिकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी गर्नुभयो । उहाँले विश्वभरका कम्युनिष्ट पार्टीहरुमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले भिलेन भए । कुनचाहीँ पार्टी छ त्यसमा भिलेन नजन्मिएको पार्टी संसारमा कुनै छ । जन्मिन्छ । लड्ने हो । लड्दै जाने हो । मैले केपी ओलीलाई त्यत्तिसाह्ै अपराधी त छैनन् भन्ने ठानेँ तर सकिएन । सक्न त सकेको हो । बहुमत पनि बनाएको हो तर पनि भएन । हामी पराजित भएकै होइन । यो परिस्थिति जो श्रृजना भएको छ । यस्तो परिस्थिति किन तयार भयो भन्ने पक्ष पनि हेरिदिनोस् भन्ने मात्रै मेरो आग्रह हो । उहाँले भन्नुभयो “ओली प्रवृत्तिको अन्त्य अपरिहार्य छ । संविधानको हुर्मत लिईएको छ । संविधानको रक्षा , सिस्टम र लोकतन्त्रका आधारभूत मान्यताको रक्षा र राष्ट्रियताको रक्षाको आधारमा गठबन्धन हो यो ।  हामीलाई जातिवित्ति नै त नगर्नुहोला भन्ने हो । घोच्नुभएको छ हामीलाई बेस्सरी । अलि कस्सिईउँ कि जस्तो पनि लागेको छ । तर अहिले बेला त्यो छैन । सरकार बनेपछि पनि तपाईहरुलाई फेरि बोलाईन्छ । ”

उहाँले सरकार बन्ने वित्तिकै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने , वर्तमान सरकारले गरेका अबैधानिक राजनीतिक नियुक्तिहरुलाई बदर गर्ने लगायतका काम गर्ने पनि स्पष्ट पार्नुभयो ।