• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

दीपेन्द्रले लिए नेपालको लागि चौथो विकेट



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध चौथो सफलता हात पारेको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चाल्स अमिनीलाई बोल्ड आउट गरेसँगै नेपाललाई चौथो सफलता मिलेको हो ।

पीएनजीले अहिले २८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३० रन बनाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।