२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लामिक स्टेट विरुद्ध लड्न कतार प्रतिबद्ध रहेकाे विदेश मन्त्री थानीकाे उदघाेष



अ+ अ-

रोमः आतंकवादी संगठनका नामले चिनिने इस्लामिक स्टेट विरुद्ध लड्न इटालीको रोममा आयोजित मन्त्रीस्तरीय बैठकमा कतारले समेत सहभागिता जनाएको छ । इस्लामिक स्टेट विरुद्ध एकताबद्ध भएका विश्वका देशहरुको गठबन्धनमा आबद्ध मन्त्रीहरुको बैठक रोममा सम्पन्न भएको हो ।

बैठकमा कतारका उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी सहितको कतारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएको थियो । त्यस अवसरमा सम्बोधन गर्दै मन्त्री अल–थानीले कतारलाई गठबन्धनको बैठकमा महत्वका साथ सहभागिता जनाउन दिइएको सम्मानप्रति आभार व्यक्त गर्नु भएको थियो ।

उहाँले इटालीका विदेश एवं अन्तर्राष्ट्रिय सहायता सम्बन्धी मन्त्री लुइजी डी माइयोलाई सम्मेलन आयोजनाको अग्रसरताका लागि धन्यवाद समेत दिनु भएको थियो ।

विदेश मन्त्री थानीले विश्वका कतिपय मुलुकमा इस्लामिक स्टेटको अस्तित्व अझै केही मुलुकमा रहेको वा बढ्दै गएको देखिएको भन्दै गठबन्धनमा आबद्ध मुलुकबीच थप क्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

गठबन्धनमा केही नयाँ मुलुक सदस्यका रुपमा प्रवेश पाएका छन् । यस गठबन्धनले इस्लामिक स्टेट बिरुद्ध लड्न सामूहिक प्रयत्नलाई जोड दिन्छ ।

मन्त्री थानीले इस्लामिक स्टेटमा लागेका विदेशी लडाकु र उनीहरुका परिवारका सदस्यहरुलाई उनीहरुकै देश फर्काउन वा पुनस्र्थापना गर्न जरुरी रहेको बताउँदै तत्कालै यो कार्य नगरिए उनीहरु अतिवादी विचारधारामा फस्ने खतरा रहेको चेतावनी दिनुभयो ।

कतारले गठबन्धनको सन्देश र लक्षप्रति पूर्ण प्रतिबद्धता समेत व्यक्त गरेको छ । कतार न्यूज एजेन्सी