१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८४ अघि कांग्रेस–एमाले सहकार्य सम्भव छैन– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विसं २०८४ अघि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य नहुने बताउनुभएको छ ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग उहाँले विसं २०८४ पछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरुले सत्ता पक्षका रुपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताउनुभयो ।

यसअघि राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस एक ठाउँमा नआउने भनेर कसम नखाएको बताउनुभएको थियो । “राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन”, उहाँले भन्नुभएको थियो ।

केहीबेरपछि मतदान गर्नुभएका कांग्रेस महामन्त्री थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसद्को यो कार्यकालमा सहकार्य नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एउटै कुरामा एउटा पार्टीलाई कतिपटक धोका दिने रु पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो ।