२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनः ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना आज बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

मतगणनाको तयारीका लागि कार्यालयले राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ । दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेशतर्फ ४४० मत खसेको छ भने संघीय संसद्तर्फ २९५ मत खसेको छ । बेलुका ७ बजेसम्म निर्वाचनको नतिजा आइसक्ने बताइएको छ ।

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२, राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन्  ।

संघीय संसद् सदस्यको मतभार ७९ रहँदा प्रदेशसभा सदस्यको ४८ छ  । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।