२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचन: साढे १२ बजेसम्म ६०३ जनाले गरे मतदान



अ+ अ-

काठमाडौँ । अहिले राष्ट्रपति निर्वाचनको मतदान भइरहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार बिहीबार दिउँसो साढे १२:३५ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् ।

कार्यालयले दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेको जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा बिहीबार वबहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । संघीय संसद् र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।