१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिका श्रेष्ठ र मुस्कान खातुनको अमेरिकाकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री ब्लिङ्केनसँग भेट



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्नु भएका दुई जना नेपाली महिला भूमिका श्रेष्ठ र मुस्कान खातुनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्वाइट हाउसमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेट गर्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सन् २००७ मा विश्वभरका महिलाहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने महिलाहरूलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरेको थियो ।

यसअघि कोभिड–१९ सँग सम्बन्धित प्रतिबन्धका कारण उहाँहरू दुई जनाले वाशिङ्गटनमा भौतिकरूपमा कार्यक्रममा भाग लिन पाउनुभएको थिएन । अहिले उहाँहरूलाई त्यो अवसर प्राप्त भएको छ नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भूमिकाले एलजीबिटिक्यू समुदायको जीवनस्तर सुधारप्रतिको आफ्नो समर्पणका लागि गत वर्ष पुरस्कार प्राप्त गर्नुभएको थियो । सन् २०२१ मा मुस्कानलाई तेजाब आक्रमण अन्त्य गर्ने कामका लागि पुरस्कृत गरिएको थियो ।