१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दुई महिनामै उल्टियो एकतर्फी यातायात चलाउने निर्णय

दुई महिनामै उल्टियो एकतर्फी यातायात चलाउने निर्णय
अ अ+ अ-

बेनी । बेनी नगरपालिकाले बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट पछि हटेको छ । 

सुरक्षा निकायको अनुरोधमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले गत पुस १ गतेदेखि बेनीमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो । यो निर्णयबाट नगरपालिकाले दुई महिनामै पछि हटेको हो ।

एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको भन्दै न्युरोड क्षेत्रका व्यवसायीहरु, टोल सुधार समिति र म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुको समेत दबाब भएपछि नगरपालिकाले आफ्नो पूर्ववत निर्णयबाट पछि हट्ने निर्णयमा पुगेको छ । बेनी नगरपालिकाको कार्यालयमा गत मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयानुसार पुस १ गतेदेखि बेनी बजारभित्र क्याम्पसचोकदेखि जिल्ला प्रशासन कार्यालय अगाडिसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको  थियो । 

बेनी नगरपालिकामा उद्योग वाणिज्य सङ्घ, टोल सुधार समिति र सुरक्षा निकायका प्रतिनिधिहरुबीच भएको छलफलमा सुरक्षा निकायको असहमतिकाबीच एकतर्फी यातायात सञ्चालनको निर्णयबाट नगरपालिका पछि हट्ने निष्कर्षमा पुगेको छ । न्युरोड क्षेत्रका व्यवसायी र उद्योग वाणिज्य सङ्घबाट पटकपटक भएको असहमतिसहितको ध्यानकर्षणको कारण पुनः विचारको अवस्थामा पुगिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । 

“सुरक्षा अधिकारीबाहेक सहभागी अधिकांशले एकतर्फी यातायातले व्यापार व्यवसायमा गम्भीर असर परेको भन्नुभएको छ, अव्यवस्थित तवरले बनेका पाली, टहरा हटाउन उद्योग वाणिज्य सङ्घ र टोल विकास समितिले नगरपालिकासंग समन्वय गरी हटाउने र दुईतर्फी यातायात सञ्चालनका बारेमा प्रतिवेदन पेस गरेपछि थप निर्णय गर्ने सल्लाह भएको छ,” उहाँले भन्नुभयो । 

उक्त बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले एकतर्फी यातायातले सडक दुर्घटनामा न्यूनीकरण भएको, सर्वसाधारण, यात्रु र यातायातका साधन चलाउनेहरुलाई समेत सहज भएको भन्दै एकतर्फी यातायातको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । ट्राफिक प्रहरीसहितको सुरक्षा निकायका प्रतिनिधिको असहमतिबीच उद्योग वाणिज्य सङ्घ र केही व्यापारीहरुको दबाबमा नगरपालिका पूर्ववत् निर्णयबाट पछि हट्ने अवस्था आएपछि सुरक्षा निकायका प्रतिनिधिहरुले बैठक छाडेर निस्किएका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बेनी बजारभित्रका सडक साँघुरो भएको र दोहोरो सवारीका कारण दुर्घटना र जाम लगायतको ट्राफिक समस्या न्यूनीकरणमा एकतर्फी यातायातले टेवा पु¥याएको कारण यसलाई निरन्तरता गर्दै थप व्यवस्थित गर्न आफूहरुले सुझाव दिएको बताउनुभयो । “साँघुरो सडकमा दोहोरो यातायातको कारण दिनहुँजसो दुर्घटना भइरहन्थ्यो, एकतर्फी यातायात सुचारु भएपछि त्यो शत्प्रतिशत न्यूनीकरण भएको थियो, यसैले पनि एकतर्फी यातायातलाई नै निरन्तरता दिनुपर्छ भन्ने हाम्रो बुझाई हो,” उहाँले भन्नुभयो ।

यसरी सुरु भएको थियो एकतर्फी यातायात

गत मङ्सिर १४ गते बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालासमेत सहभागी बैठकले बेनीको ट्राफिक व्यवस्थापनमा विभिन्न निर्णय गरेको थियो । बेनीको बहुउद्देश्यीय खेलमैदान र कालीपुलमा रहेको बसपार्क व्यवस्थापनका लागि व्यवस्थापन समिति गठन गर्ने, बेनी नगरपालिका–७ र ८ बेनीबजारभित्र सडक मापदण्ड मिचेर बनाइएका छाप्रा, पालि, अव्यवस्थित पेटी, होडिङ बोर्ड लगायतका संरचना हटाउनका लागि सूचना जारी गर्ने र अटेर गरेमा नगरपालिका, वडा, प्रशासन, प्रहरी र म्याग्दी उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले हटाउने निर्णय भएको थियो । 

उक्त बैठकले बेनीबजारको ट्राफिक व्यवस्थापनका लागि निकै महत्वपूर्ण निर्णयसमेत गरेको थियो । सोही बैठकले बेनी बजारमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि एकतर्फी सवारी साधन गुड्ने प्रबन्ध मिलाउन ट्राफिक चिह्नहरुसमेत राख्ने निर्णय गरेको थियो । सुरुआतमा ‘वीरेन्द्रचोकदेखि न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग हुँदै हस्पिटल चोकसम्म र हस्पिटल चोकदेखि पीपलचोक, क्याम्पसचोक, गणेशटोल, सङ्गमचोक, बालमन्दिर चोक हुँदै वीरेन्द्रचोक निस्कने गरी सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । 

पछि समुदायस्तरबाट आएका सुझाव र मागबमोजिम भित्री गल्लीहरूबाट समेत एकअर्को सडकमा पुग्न दिने गरी एकतर्फी यातायातलाई सरलीकरणको काम भयो । नगरप्रमुख श्रेष्ठकै अध्यक्षतामा गत पुस २९ गते बसेको बैठकले एकतर्फी यातायातलाई थप व्यवस्थित गर्ने निर्णय गर्दै व्यापारिक प्रयोजनका लागि आउने सवारी साधनलाई कालीपुल ट्राफिक चोकदेखि एकतर्फी रुपमा चल्ने गरी बजार प्रवेश गर्न पाउने व्यवस्था गर्ने र बजारभित्र घरअगाडि सडक ओगट्ने गरी बनाइएका फलाम र सिमेन्टका सिँढी हटाउने निर्णय गरेको थियो । तर यही फागुन २ गते बसेको बैठकले एकतर्फी यातायातको प्रबन्धलाई दुईतर्फी नै सञ्चालन गर्ने गरी पछि हट्ने निर्णय गरेको छ । 

गम्भीर प्रश्न उठ्यो

ट्राफिक व्यवस्थापन र पैदललाई समेत सकारात्मक प्रभाव पार्दै गएको एकतर्फी यात्रायातलाई एकाएक हटाउने नगरपालिकाको निर्णयमाथि अहिले गम्भीर प्रश्न उठेको छ । बजारका अधिकांश नागरिकले सहर्ष स्वीकार गरेको र बजारभित्रको ट्राफिक व्यवस्थापनमा समेत उल्लेख्य सुधार ल्याउन मद्दत गरेको एकतर्फी यातायातलाई केही व्यक्तिको व्यापार व्यवसायसँग सौदाबाजी गर्न मिल्छ रु बेनीका स्थानीयवासी सञ्जय पुनले प्रश्न गर्नुभयो । 

एकतर्फी यातायात सञ्चालन गर्दा बेनीमा सामान किनबेच गर्नेले कहाँ गएर सामान किन्न थाले रु पर्वत, बाग्लुङ पुग्न थालेका हुन् र रु कि व्यवसाय गर्नेहरुका ग्राहक खोजिदिने जिम्मा नगरपालिकाले लिएको हो रु भन्ने जस्ता गम्भीर टिप्पणीहरु यहाँ आम रुपमा उठन थालेको छ  । “पैदल हिँडेरै १० मिनेटमै फन्को मार्न मिल्ने बजारमा एकतर्फीले व्यवसाय घट्यो भन्नु आफैँमा गिज्याउने तर्क भएको भन्दै ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको एकतर्फी यातायातलाई उल्ट्याउन दबाब दिनु गलत भएको गणेशटोलका व्यवसायी भीमसेन बराइलीको भनाइ छ । (रासस, कमल खत्री)