३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङद्वारा एकअर्कालाई दिए शुभकामना



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारद्वया रामचन्द्र पौडेलले र सुवास नेम्वाङले एकअर्कालाई शुभकामना दिनुभएको छ । बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गर्नुभएको हो ।

बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको हो । मुलुकको तेस्रो राष्ट्रपतिका लागि निर्वाचनमा दुई पूर्वसभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदै छ । निर्वाचन आयोगले उहाँको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । मतदान बिहान १० बजे सुरु भई अपराह्न ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने बताएको छ।