१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अब विलम्ब हुँदैन्, बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ’- पर्यटनमन्त्री आले

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अब विलम्ब हुँदैन्, बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ’- पर्यटनमन्त्री आले
अ अ+ अ-

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताएका छन् । अब तत्कालै रुख कटानको काम पनि द्रुत गतिमा सुरु गरिने उनको भनाई छ । उनले अब निजगढ विमानस्थल निर्माणमा विलम्ब नहुने जिकिर गरे । उनले बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्ने बताए । आज बाराको सिमरामा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

उनले भने,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्लथको काम अघि बढाउनुपर्यो भनेर माधव नेपालले मलाई निर्देशन दिईराख्नुभएको थियो, अस्तिमात्रै उहाँले प्रधानमन्त्री शेरबहादु। देउवाज्यूसँग बालुवाटारमा गठबन्धनका सबै नेताहरुको उपस्थितिमा यो विषयमा छलफल गर्नुभएको थियो, सबै सरोकारवाला मन्त्रीहरुसँग बसेर छलफल भएको थियो । त्यतिवेला छिट्टै निजगढमाा जानुपर्छ भन्ने कुरा भएको थियो । हिजोमात्रै माधव नेपाल, रामचन्द्र पौडेललगायत धेरै माननीयज्यूहर यहाँ स्थलगत अवलोकनको लागि आउनुभयो । मन्त्रीहरु आउनुभयो । प्रचण्डज्यू पनि आउने कार्यक्रम थियो, अर्थमन्त्री पनि आउने कार्यक्रम थियो । कार्यव्यस्ताको कारण उहाँहरु आउन सक्नुभएन, तर जे आवश्यकत्ता पर्छ, बजेटको चिन्ता नगर्नुहोस भनेर मलाई अर्थमन्त्रीले भन्नुभयो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वरिष्ठ नेताहरु, मन्त्रीहरु, सांसदहरु, मिडियाकर्मीहरुको उपस्थितिमा हिजोमात्रै स्थलगत अवलोकन गरिएको सुनाए । उनले भने,‘माधव नेपाल, रामचन्द्र, राजेन्द्र पाण्डे, वन तथा वातावरणमन्त्री रामसहाय राय, सहरी विकासमन्त्री, श्रममन्त्री, क्यानको सम्पूर्ण टिम, वनका सबै टिम, मिडियाकर्मीहरुको उपस्थितिमा स्थलगत भ्रमण गरेका छौं । पहिले म वनमन्त्री हुँदापनि आएको थिएँ । त्यो बेलामा पनि कसरी अघि बढाउने भन्ने थियो । त्यतिवेला पर्यटमन्त्री भानुभक्त ढकालसँग म यहाँ आएको थिएँ, रुख कटान गर्न पहल गरिदिउँ भन्नुभएको थियो, त्यतिवेला मैले बजेटको सुनिश्चितता हुनुपर्यो भनेको थिएँ ।

बजेटबिना रुख काटेर हुँदैन भनेको थिएँ । त्यतिवेला म वनमन्त्री थिएँ । मैले हिजोमात्रै टाँगिया बस्तीमा भनेको छु अब जग्गा अधिकरण गरेर अघि बढ्नुपर्छ, बरु यसको लागि उहाँहरुलाई जडिबुटीमा भएको ८०० सय विघा छ, त्यसमा उचित स्थानान्तरण हुन्छ । त्यहाँको जनताले मुआब्जासँगै पूरानो काठ अन्यत्र लैजान पनि कठिन छ। तुरन्त फाष्ट ट्रयाकमा काम गर्न भनेको छु । थुप्रै कुराहरु छन्, फाष्ट ट्रयाकको माध्यमबाट रुख काट्ने कुरा भएको छ । अब विलम्ब हुँदैन् । बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ ।’ 

उनले आफू काम गर्नको लागि मन्त्री भएको भन्दै अरुले पाँच वर्षमा गर्न नसकेको काम पाँच महिनामा गरेर देखाएको पनि दाबी गरे । उनले भने,‘पाँच वर्षमा कुनै मन्त्रीले गर्न नसकने काम मैले ५ महिनामा गरेको छु । टाँगिया बस्तीका सबै ढुक्क हुनुहोस, म यो काम अघि बढाउँछु भनेर हिजो भनेको छु, माधव नेपालले त सुरुदेखि नै विमानस्थल निर्माणको कुरा गर्दै आउनुभएको छ, अब निर्माण प्रक्रिया सुरु हुन्छ, माधव नेपालको त यो ड्रिम प्रोजेक्ट हो । अब भन्ने मात्रै होईन, एक्शनमा गर्ने हो ।’

उनले निजगढ विमानस्थलको लागि अर्थमन्त्री जनार्दन शर्माले बजेटको व्यवस्था गर्छु भनेर भनेको पनि सुनाए । उनले थपे,‘प्रधानमन्त्रीज्यूले पनि यही कुरा भन्नुभएको छ । अब हामी रुख हटाउने काममा लाग्छौं । अर्कोतर्फ टेण्डर गरेर काम अघि बढाउँछौं । हामीसँग धेरै खालका मोडेल छन्, कसरी बनाउने भन्नेबारे छलफलमा छौं । नेपाल सरकारको बजेटबाट बनाउने हो भने क्यानअन्तर्गत अघि बढ्छौं । बाहिरको पैसा पनि ल्याएर काम गर्न सक्छौं ।’

उनले चुनावभन्दा अघि नै वस्तीको उचित स्थानान्तरणको काम सुरु हुने विश्वास दिलाए । उनले भने,‘यहाँ स्थलगत अवलोकनमा आउनुभएको नेताहरुले एक महिना भन्दै हुनुहुन्छ । म १५ दिनमै काम अघि बढाउँछु । चुनाव आयो भनेर काम नै नगर्नु त ? मैले क्यासिनोहरुले तिर्न बाँकी रहेको करोडौं बक्यौता रकम उठाएको छु ।’ उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम आफ्नो पालामा सुरु भयो भने ५÷६ वर्षमा सम्पन्न भैसक्ने विश्वास दिलाए ।