२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

एक सय वर्षको गौरवपूर्ण यात्राको आँखीझ्याल

एक सय वर्षको गौरवपूर्ण यात्राको आँखीझ्याल
अ अ+ अ-

चीन I जुलाई १ तारिख चिनियाँ जनताका लागि सर्वाधिक महत्वको दिन हो। एक सय वर्ष अगाडि सन् १९२१ जुलाई १ तारिख एक दर्जन चिनियाँ युवाहरुले श्रमिक तथा किसान लगायत सर्वहारा वर्गको जनताको मुक्तिका चीनको पूर्वमा पर्ने शाङहाई सहरबाट एउटा अभियान सुरु गरे। त्यतिबेला चीनमा गणतन्त्र आएको एक दसक पनि पूरा भएको थिएन। राजतन्त्रात्मक शासन र विदेशी हस्तक्षेपले चीन गन्जागोल अवस्थामा रहेका बेला शाङहाईमा सुरु भएको त्यो अभियान नै चिनियाँ कम्युनिष्ट पार्टी स्थापना थियो।

सन् १९१२ मा सन यात्सेनको नेतृत्वमा चीन राजतन्त्र मुलुकबाट गणतन्त्र बनेको थियो। चीनमा गणतन्त्र स्थापना गर्नका लागि सन यात्सेनलाई माओ चतुङले निकै ठूलो सहयोग गर्नु भएको थियो। गणतन्त्रको बाटो हिँडेपछि पनि गरिब श्रमिक वर्ग र किसानका समस्या ज्यूँका त्यूँ रहेपछि माओले अन्य केही युवाहरुसँग मिलेर एक सय वर्ष अगाडि चिनियाँ कम्युनिष्ट पार्टी अर्थात् सीपीसी स्थापना गर्नु भएको हो।

सीपीसी स्थापना भएको केही दिनमै शाङहाई र च्यासिङको नान हु तालमा रहेको एउटा डुंगामा यसको पहिलो राष्ट्रिय अधिवेशन आयोजना गरी स्थापनाको औपचारिक घोषणा थियो। सानो डुङ्गामा सीपीसीको पहिलो महाधिवेशन भएकाले अहिले पनि शाङहाई र च्यासिङको नान हु ताल तथा त्यो डुङ्गालाई ऐतिहासिक महत्वका दृष्टिले हेरिन्छ। लाल पर्यटन क्षेत्रका रुपमा चिनियाँहरुको सधैँ घुइँचो लाग्ने स्थान हुन् यी क्षेत्रहरु।

यी क्षेत्रको महत्व कति छ भन्ने एउटा सानो उदाहरण हेरौँ। सन् २०१७ को अक्टोबर १८ देखि २४ तारिखसम्म बेइजिङमा सीपीसीको १९ औँ महाधिवेशन सम्पन्न भयो। महाधिवेशन सम्पन्न भएको एक साता नबित्दै अक्टोबर ३१ तारिख सीपीसीका कमाण्डर सी चिन फिङले केन्द्रीय समिति राजनीतिक ब्युरोका नव निर्वाचित स्थायी सदस्यहरुलाई लिएर शाङहाई र च्या सिङको भ्रमण गर्नुभयो। नेता सीले ती स्थानमा गएर सीपीसी स्थापनाको इतिहास नबिर्सन र तत्कालीन राजनीतिक संकल्पलाई सधैँ आत्मसात गर्ने घोषणा गरे।

चिनियाँ नेता सी र सीपीसीका नेताले बारम्बार दोहोर्या्उने वाक्यांश हो सीपीसीको 'प्रारम्भिक इच्छा'। सीपीसीको १९ औँ राष्ट्रिय महाधिवेशनको प्रतिबेदनमा 'सीपीसीको प्रारम्भिक इच्छा र जिम्मेवारी जनताको सुख र राष्ट्रको पुन:उत्थानका लागि सदैव प्रयास' उल्लेख छ। यतिबेला जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरा नै चिनियाँ सिद्धान्त र व्यवहार बनेको छ।

जनतालाई उच्च महत्व दिएर सधैँ जनताको छत्रछहारीमा रहेकाले आज सीपीसी विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। ९ करोड २० सदस्य रहेको सीपीसी विगत ७२ वर्षदेखि अटल र स्थिर रुपमा चीनको सत्तारुढ दलका रुपमा रहेको छ। चिनियाँ जनताको गौरव र चीनलाई सम्पन्न मुलुक बनाउने मियोका रुपमा रहेको सीपीसीले जुलाई १ तारिख बिहीबार आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सव मनाएको छ।

बेइजिङको थिआनआनमन स्क्वायरमा आयोजित समारोहलाई सम्बोधन गर्दै केही महत्वपूर्ण घोषणा गर्नु भएको छ। उहाँका भनाइ विश्व राजनीतिक रङ्गमञ्चमा महत्वपूर्ण मानिन्छन्। किनभने त्यहाँ चिनियाँ अर्थनीति तथा कुटनीतिसँगै चीनले अँगालेको परिपार्टीको व्याख्या गरिएको हुन्छ। अनि चीनले चाल्ने संभावित कदको संकेत पनि गरिएको हुन्छ। त्यसकारण सीपीसीको एक सयौँ वार्षिकोत्सव समारोहलाई चिनियाँ नेता सीले गर्ने सम्बोधनमा के कस्ता कुराहरु आउँछन् भनेर विश्वले चनाखो भएको ध्यान केन्द्रित गरिरहेको छ।

यस आलेखमा चिनियाँ राष्ट्राध्यक्ष तथा सीपीसीका महासचिव सी चिनफिङले सम्बोधनका क्रममा बोल्नु भएको मुख्य कुराको विश्लेषण गरिएको छ। चिनियाँ समय अनुसार बिहीबार बिहान ८ बजे चिनियाँ नेता सी चिनफिङले सारगर्वित विचार सहितको सम्बोधन सुरु गर्नु भएको थियो। जुलाई महिनामा बेइजिङमा निकै गर्भी हुने भए पनि बिहीबारको मौसम भने सितल थियो।

बादल लागेर घाम छेलेपछि थिआनआनमन स्क्वायरमा भेला भएका हजारौँ सहभागीलाई पपनि राहत मिल्यो। रङ्गी चङ्गी फूलहरुले दुई साता अगाडिदेखि बेइजिङ सिँगारिएको छ। चोकचोकमा सीपीसीको एक सय वर्षको गौरवपूर्ण यात्रा देखाउने खालका आकृतिहरु बनाइएका छन्। समारोह बयोजित मुख्य चोकको सजावट भव्य र आकर्षक थियो। सुरक्षा व्यवस्थालाई उस्तै कडा र चुस्त बनाइएको थियो।

सम्बोधनमा नेता सीले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाज निर्माण पूरा गर्ने घोषणा गर्नुभयो। सबै चिनियाँ जनता र सीपीसीका सदस्यहरुको लगातार प्रयासमा सम्पन्न समाज निर्माण गरेर समाजवादी आधुनिक शक्तिशाली मुलुक निर्माणतिर चीन अघि बढिरहेको भन्दै यो चिनियाँ जाति, चिनियाँ जनता र सीपीसीको गौरव रहेको उल्लेख गर्नुभयो।

चीनमा सुधार र खुलापन नीति लागू गरिएयता सीपीसीले आधुनिक राष्ट्रिय समाजवादी निर्माण कार्यमा व्यवस्थापन गरेर जनताको आधारभूत जीवनको प्रत्याभूति गर्ने र जनताको जीवनस्तरलाई सम्पन्नतामा पुर्याधउने दुईटा लक्ष्यलाई साकार बनाउने घोषणा गर्नुभयो। यस आधारमा आर्थिक समाजको अझै विकास, प्रजातन्त्रलाई अझै पूर्णता, वैज्ञानिक शिक्षामा थप प्रगति, सभ्यताको अझै समृद्धि, मेलमिलापयुक्त समाजको थप विकास र जनताको जीवन अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्यको चीनले प्रस्तुत गरेको उहाँले स्पष्ट पार्नुभयो।

विश्व कोरोना महामारीको जन्जालमा फसिरहेका बेला चीनले महामारी नियन्त्रण गर्दै पूर्वघोषित कार्ययोजना अनुसार ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरेको छ। उक्त प्रसङ्गमा नेता सीले चिनियाँ जनताले आफू धनी हुँदै बलियो तथा विकासको महान परिवर्तन सिर्जना गरेको बताउनुभयो। उहाँले जनगणतन्त्र चीन महान पुनरुत्थानको अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको पनि घोषणा गर्नुभयो।

सम्बोधनका क्रममा नेता सीले सीपीसीका पुराना पुस्तालाई महान सम्मान व्यक्त गर्दै स्मरण गर्नुभयो। उहाँले माओ च तुङ, तङ स्याओ फिङ, च्याङ च मिङ र हू चिन थाओले मुख्य प्रतिनिधिहरुका रूपमा चीन राष्ट्रको पुनरुत्थानका लागि ठूलो योगदान दिएको भनेर उहाँहरुप्रति आदरभाव व्यक्त गर्नुभयो। उहाँले चिनियाँ क्रान्ति, निर्माण र सुधार तथा सीपीसी स्थापना, एकिकरण र विकासमा ठूलो योगदान पुर्यािउने क्रान्तिकारी तथा शहीदहरूको पुरानो पुस्तालाई पनि गम्भीरतापूर्वक सम्झना गर्नुपर्ने बताउनुभयो।

सीपीसी नभएमा नयाँ चीन नहुने र चीनको महान पुनरूत्थान असंभव हुने भन्दै इतिहास र जनताले सीपीसीलाई रोजेको पनि उहाँले उल्लेख गर्नुभयो। सीपीसीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाज सर्वाधिक विशेष आवश्यक रहेको भन्दै चिनियाँ विशेषतायुक्त परिपाटीको सबैभन्दा ठूलो श्रेष्ठता नै पार्टी र देशको जग र जीवनरेखा रहेको बताउनुभयो। सीपीसीको चौतर्फी नेतृत्वमा अडिग रहेर वैज्ञानिक शासन, प्रजातान्त्रिक शासन र कानुनबमोजिम शासन गर्ने स्तरलाई उकास्ने कुरामा उहाँले जोड दिनुभयो।

पार्टी र नेताले सधैँ जनताको सेवा गर्नुपर्ने भन्दै जनहितका सुझाव र सद्भावपूर्ण आलोचनाको सीपीसीले स्वागत गरेको र अहंकारी प्रचार तथा आलोचनालाई सधैँ अस्वीकार गर्ने नेता सीले औँल्याउनुभयो। चिनियाँ विशेषतायुक्त समाजवाद चीनको पुनरूत्थान साकार तुल्याउने सही बाटो भएको र चिनियाँ जनताले आफैँले छानेको बाटोमा दृढताका साथ हिँड्दै जाने र चीनको विकास गर्ने भाग्य आफ्नो हातमा दृढतापूर्वक राख्ने कुरालाई उहाँले जोडदार रुपम उठाउनुभयो। पछिल्लो समय अमेरिका लगायत पश्चिमा मुलुकहरुले चीनमाथि विभिन्न आक्षेप लगाउँदै आएका छन्।

कानुनको उल्लङ्घन गर्ने र समाजमा अपराध गर्ने व्यक्तिलाई जुनसुकै देशमा पनि संविधधान र कानुन अनुसार कारवाही हुने गर्दछ। तर यही कुरालाई युरोपेली मुलुक तथा अमेरिकाले आफ्नो मुलुकमा सशक्त रुपमा कारवाही गर्ने र अन्य देशमा अपराधको पक्षपोषण गर्दै आएका छन्। यसको जवाफ दिनका लागि चीनले पहिलेदेखि नै चिनियाँहरु आत्म निर्णय गर्न सार्वभौम रहेको कुरालाई उठाउँदै आएको छ।

चिनियाँ जनताले चीनको सत्तारुढ दल सीपीसीलाई अत्यधिक मन पराएकाले यसको लोकप्रियता बढ्दै गएको छ। पछिल्लो समय अरिकी थिङ्कट्याङ्कले गरेको अनुसन्धानमा सीपीसीको लोकप्रियदर ९५ प्रतिशत पुगेको छ। कुनै पनि मुलुकमा सत्तारुढ दलको लोकप्रियता ६५ प्रतिशतभन्दामाथि छैन। तर महामारीको नियन्त्रणपछि सीपीसीको लोकप्रियतामा वृद्धि भएको छ।

मार्क्सवाद नै सीपीसी तथा चीन राष्ट्रको निर्माण गर्ने आधारभूत निर्देशित विचारधारा भएको र यसलाई चिनियाँकरण र युगकरणमा मिलाउनुपर्ने भन्दै नेता सीले सीपीसीले सधैँ नै जनताको आधारभूत हितको प्रतिनिधित्व गर्ने बताउनुभयो। सीपीसी र चिनियाँलाई अलग बनाउने कुनै पनि कुचेष्ठा सफल नहुने चेतावनी पनि उहाँले दिनुभयो। उहाँको यो चेतावनी पनि विशेष गरी अमेरिका लक्षित देखिन्छ। पछिल्लो समय जी सेभेन मुलुकको शिखर सम्मेलनमा अमेरिकाले चीन विरोधी भावना लाध्न खोज्दा अन्य मुलुकले असन्तुष्टि राखेका थिए।

सम्बोधनका क्रममा चिनियाँ नेता सीले चिनियाँ सेनालाई विश्वकै उत्कृष्ट बनाउने घघोषणा पनि गर्नुभयो। उहाँल चिनियाँ विशेषतायुक्त सेना बलियो विकासको बाटोमा अडिग रहेर जन सेनालाई विश्वको अग्रणी सेनाको रूपमा निर्माण गरी अझ बलियो तथा क्षमतापूर्ण तथा भरपर्दो उपायमार्फत राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्नुपर्ने भन्नु भएको हो। सेनाले पार्टी र जनतालाई अमूल्य उपलब्धि प्रदान गरेको र लाल भूमि तथा राष्ट्रिय गरिमाको संरक्षण गर्ने बलियो स्तम्भ भएको भन्दै क्षेत्रीय तथा विश्व शान्तिको संरक्षण गर्ने बलियो दलका रुपमा सेना रहेको कुरामा उहाँले जोड दिनुभयो।

चीनले शान्तिपूर्ण विकासमा अडिग रहेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गरेको भन्दै मानव भाग्य समुदायको निर्माण र बीआरआई उच्च गुणस्तरीय विकासको साझा निर्माणलाई अगाडि बढाएर चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिने पनि उहाँले घोषणा गर्नुभयो। नेता सीले चीन सधैँ विश्वशान्तिको निर्माणकर्ता, विश्वव्यापी विकासका लागि योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक रहेको प्रकाश पार्नुभयो।

चीनले कहिल्यै टकराव नगर्ने, खुलापनलाई नरोक्ने, आपसी हितकर तथा जीतमा अडिग भएर कुनै शुन्य-योगको खेल नखेल्ने र प्रभुत्ववादी तथा शक्ति राजनीतिको विरोधमा चीन सधैँ तत्पर रहने उद्घोष पनि गर्नुभयो। चिनियाँ जनता सदैव न्यायका पक्षपाति रहेको भन्दै अतिक्रमणको डर चिनियाँमा नभएको उहाँले बताउनुभयो। चीन महान गौरव र आत्मविश्वास भएको राष्ट्र हो भन्दै चिनियाँ जनताले कहिल्यै पनि अरू देशका जनतामाथि दमन वा दास नबनाउने भन्दै चीनको इतिहासमा यस्तो कहिल्यै भएको थिएन र अब पनि हुँदैन भनेर विश्वमा भाइचाराको सन्देश प्रवाह गर्नु भएको छ।

अनि चिनियाँ जनताले कुनै बाह्य शक्तिलाई आफूमाथि दमन गर्ने छूट पनि नदिने चेतावनी दिनुभयो। कसैले यसो गर्न खोजेमा १ अर्ब ४० करोड चिनियाँ जनताको रगत र शरीरबाट बनाइएको पर्खाल अगाडि त्यस्तो कुत्सित विचार विफल हुनेमा कुनै शंका नरहेको भन्दै चीनको देशभक्तिपूर्ण भावनालाई उहाँले फेरि एकपटक व्यक्त गर्नु भएको छ। इतिहासदेखि नै चीनको देशभक्ति भावनालाई विश्वमै अनुपम मानिन्छ।

सम्बोधनका क्रममा नेता सीले ताइवानको समाधान गरी मातृभूमिको सम्पूर्ण एकीकरणलाई व्यवहारमा उतार्न सीपीसीले प्रयास गरिरहेको भन्दै राष्ट्रिय सार्वभौमिकता र भूभागको अविच्छिन्नतामा चिनियाँको दृढ अठोट, इच्छा र क्षमतामा कसैले वेवास्ता गरे उसैमाथि भारी पर्ने चेतावनी दिनुभयो। विशेष गरी अमेरिकाले पछिल्लो समयमा ताइवानलाई हतियार बिक्री गर्दै चीनबाट अलग गर्ने नीति अँगालेको छ। चिनियाँ नेता सीले ताइवानको निहु निकाले चीनमाथि नखेल्न अमेरिकालाई बारम्बार चेतावनी दिँदै आउनु भएको छ। सीपीसीको शतवार्षिकी मनाउँदा पनि उहाँले यो कुरा दोहोर्याचउनु भएको हो।

विश्वकै सबैभन्दा ठूलो पार्टी सीपीसी र विश्वमा दोस्रो अर्थतन्त्र रहेको चीनका हरेक गतिबिधिहरु विश्वका लागि चासोका विषय हुन्। सीपीसीको एक सय वर्षको गौरवपूर्ण यात्रालाई उजागर गर्ने सानो आँखी झ्यालका रुपमा बिहीबार बिहान बेइजिङमा आयोजित समारोहलाई लिन सकिन्छ।