• ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
  •   Unicode
Logo

कार्यव्यवस्था बैठकः एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सभामुखबाट



काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाउनुभएको छ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले बोलाउनुभएको कार्यव्यवस्थाको बैठक बसेको थियो । 

बैठकमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएपनि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले भने एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राख्नुभएको थियो।

बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाउनुभएको हो।

आजै बिहान बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितीमा एमसीसी पास हुन नसक्ने र यदि एमसीसी पास गरिएमा गठबन्धन तोडिने चेतावनी दिँदै सरकारबाटै अलग हुने निष्कर्ष निकालेको थियो। 

त्यसको लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाबीच बालुवाटारमा आजको संसदमा टेबुल नगर्ने र भोलिको लागि गठबन्धन बैठक बोलाउने सहमति भएको छ।