२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–टूः घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ ।

क्यानले मंगलबार साँझ घोषणा गरेको टिममा ओपनर कुशल भुर्तेल फर्किएका छन् भने सन्दीप जोरालाई वैकल्पिकमा राखिएको छ ।

नेपाल, यूएई र पिएनजी सम्मिलित लिग–२ को अन्तिम सिरिज फागुन २५ देखि नेपालमा हुँदैछ । यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ ।

अर्कोतर्फ चारै खेलमा जित हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । सिरिजमा नेपालले फागुन २५ मा पिएनजी, फागुन २८ मा यूएई, फागुन २९ मा पुनः पिएनजी र चैत २ मा पुनः यूएईसँग खेल्नेछ ।

यसअघि नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियाबीच सम्पन्न सिरिजको चारै खेलमा जित हात पारेको थियो ।

नेपाली टिम:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
वैकल्पिकः सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद