२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ– उपमहासचिव बस्नेत



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायको विषय सर्वोच्च अदालतमा प्रवेशका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले संसद्मा त्यो विधेयक प्रस्तुतका लागि सरकार तयारीमा लागेको जानकारी दिनुभयो ।

उपमहासचिव बस्नेतले भन्नुभयो, “संसद्मा ‘विधेयकमाथिको छलफलमा ढिलाइ हुँदैन । मुख्य प्राथमिकतामा राखेर अघि बढाइने भएकाले छिट्टै नै कानूनी मान्यता प्राप्त गर्नेछ ।” उहाँले सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअनुरूप न्याय निरुपण गर्ने वातावरण सिर्जना गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्यलाई सरकार र राजनीतिक दलहरूले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले व्यावहारिक र विषयवस्तुका हिसाबले पनि यो विषय अदालतले निश्चित प्रक्रियाका आधारमा निरुपण गर्ने कार्य विस्तृत शान्ति सम्झौता र संविधानको भावनाविपरीत हुने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “अदालतमा प्रवेश पाए पनि शान्ति सम्झौताको भावना र सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार नै टुङ्ग्याउने वातावरण बनाउने छ भन्नेमा हामी विश्वस्त छाँै ।”

विविध कारणले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन समय लागे पनि देशकै लामो द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित विषय भएकाले बढी समय लाग्नुलाई अन्यथा लिन नमिल्ने जनाउँदै उहाँले सबै राजनीतिक दल र सरकारले यसलाई अघि बढाउन आवश्यक विधेयक प्रस्तुत गर्ने र तदारुकताका साथ टुङ्गोमा पु¥याउने विश्वास दिलाउनुभयो ।

पूर्वमन्त्री बस्नेतले कानून निष्कर्षमा पुगेसँगै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक खोजबिनसम्बन्धी आयोग तथा विशेष अदालतलगायत प्रक्रियालाई जतिसक्दो छिटो अघि बढाउन सरकारले क्रियाशीलताका साथ काम गर्नेछ भन्नुभयो ।

माओवादीसहितको अघिल्लो सरकारले त्यससम्बन्धी विधेयक छिटो अघि बढाउने भनेकामा केही दलले समितिमा लगेर छिटो टुङ्ग्याउनु भनेर त्यहाँ ढिला पठाइएकोमा केही ढिलाइ भएको बताउँदै उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा अब सबै पक्षका भावना र प्रतिक्रियालाई सम्बोधन गर्ने ढङ्गले आवश्यक कानूनी व्यवस्था हुने विश्वास दिलाउनुभयो । रासस