• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

अरुणा वर्षकै उत्कृष्ट महिला खेलाडी



काठमाडौँ । बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबलकी अरुणा शाहीलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच राष्ट्रिय भलिबल टिमकी महत्वपूर्ण सदस्य शाहीलाई सो अवार्डबाट सम्मान गरिएको हो ।

अरुणाले क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछाडि पार्दै अवार्ड हात पारिन् ।

अरुणाकै कप्तानीमा नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि रक्षा गरेको थियो ।

अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन् ।