५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सम्झौता बिथोल्ने षड्यन्त्र भइरहेको छ: सञ्चारमन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षड्यन्त्रअनुसार भएको उहाँले आशंका गर्नुभयो ।

धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोहरुको एक कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चारमन्त्री शर्माले उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको विषयलाई समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षड्यन्त्र र चलखेलहरु स्वाभाविक ढंगले भएको बताउनुभयो ।

“अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ?”, उहाँले भन्नुभयो, “म सरकारको तर्फबाट के भन्न चाहन्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौँ ।”

उहाँका अनुसार शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसद्मा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको हो । त्यहीबीचमा संसद् विघटन भएपछि विधेयक अलपत्र परेको उहाँले बताउनुभयो ।