• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज



काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ आज मंगलबार आयोजना हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच स्पोर्ट्स अवार्ड आयोजना हुने जानकारी दिएको छ । आयोजक मञ्चले अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

वर्षको सर्वक्षेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षक गरि विभिन्न नौ विधाका खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ ।

वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका छन् ।

त्यसैगरी महिलातर्फ क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् । युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी र प्रिति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जन छन् ।

प्रशिक्षकतर्फ फुटबलका अब्दुल्ला अल्मुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीस भट्ट मनोनयनमा परेका छन् ।

अवार्डमा वर्ष पुरुष, महिला, पिपल्स च्वाइस, युवा र वर्ष प्रशिक्षकको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधा विजेता खेलाडीले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।