१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दा…

विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दा…
अ अ+ अ-

बलेवा । बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिनु भएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गर्नुभएका उहाँले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गर्नुभएको थियो । 

अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाउनुभएको छ । खर्च अभावले विदेशीनुभएका उहाँले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्नुहुन्छ । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारीखेती गरेका ४८ वर्षीय उहाँका बारीमा पाँच  प्लाष्टिक घर छन् । 

खुला आकाशमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । “पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उहाँहरुलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।”

उहाँका दुई  प्लाष्टिक घरमा अहिले ‘स्टोभेरी’ फलेको छ । मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पाउनुभएका उहाँले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गर्नुभएको हो । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु”, उहाँले भन्नुभयो, “नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।”

उहाँले गोलभेँडा पनि प्रतिकिलो रु ७० देखि रु १२ सम्म बिक्री गर्नुहुन्थ्यो । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । “उहाँको सिको गरेर धेरैलाई राम्रो भएको छ”, स्थानीयवासी युवा ढालेन्द्र छन्त्याल भन्नुहुन्छ, “अहिले त गाउँभरि टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।” 
    
तमानखोला गाउँपालिका, कृषि ज्ञानकेन्द्र र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ । रु १२ लाख लगानीमा सुरुआत गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक रु ३५ हजार आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उहाँकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उहाँले पाहुनालाई चखाउँछन् र आफ्नो मूल्य लिनुहुन्छ । छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् ।  

विदेशको कमाईले उनको काठमाडौँमा घर छ । दुईभाई छोरा युरोप र अष्ट्रेलियाका नाम चलेका कलेजमा पढ्छन् । तर सहरको सुख छोडेर उनी मात्रै होइन उनको परिवार पनि कृषिमा लागेको छ । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् । 

“उहाँ चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ”, इन्द्रकुमारीले भन्नुभयो, “हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।” अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी-भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमूना कृषि गाउँ घोषणा गरेको छ । (रासस)