२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन हुँदै, भक्तजनको भीड– फोटोफिचर



अ+ अ-

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन् ।

पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सोहीअनुसार अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गर्दछन् । अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहेको छ ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमवार जनकपुरधाम फर्केर विश्राम गरेको थियो । परिक्रमामा सहभागिहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं युवा क्लवहरूले ठाँउ ठाँउमा नि:शुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका व्यवस्थापन गरेका छन् ।

अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै रामजानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन् । पहिला त्यहाँ विशाल कदमको रुख थियो । हाल त्यहाँ पञ्चमुखी हनुमानजीको मूर्ति स्थापना गरिएको छ । कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर ) हटाएपश्चात लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गर्दै सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ ।

मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तीर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ । परिक्रममा सहभागी स्थानीयहरुका अनुसार परिक्रमा गर्ने भनेको जनकपुरमा १५ दिन परिक्रमा गर्न नसकेपनि पञ्चकोशी परिक्रमा गरेर सो सरह फल प्राप्त हुने बताउँछन् । नाङ्गो पाउले भक्तालुहरुले परिक्रमा गर्दा भगवानको परिक्रम गरेको फल प्राप्त हुने मान्यता रहेको बताउँछन् । यो परम्परा धार्मिक हिसावले धेरै पुरानो परम्परा रहेको र यसको परिक्रमा गर्दा सुख शान्ति प्राप्त हुने विश्वास रहेको बताउँछन् । उनीहरुले परिक्रममा नेपाल र भारतबाट समेत धेरै भक्तजनहरु आउने बताए ।

जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा शुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुन: भारत बिहारको करूणा, विशौल हुँदै जनकपुरधाममा विश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली खेल्ने प्रचलन छ ।