२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन हुँदै, भक्तजनको भीड– फोटोफिचर

मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन हुँदै, भक्तजनको भीड– फोटोफिचर
अ अ+ अ-

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन् ।

पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सोहीअनुसार अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गर्दछन् । अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहेको छ ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमवार जनकपुरधाम फर्केर विश्राम गरेको थियो । परिक्रमामा सहभागिहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं युवा क्लवहरूले ठाँउ ठाँउमा नि:शुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका व्यवस्थापन गरेका छन् ।

अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै रामजानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन् । पहिला त्यहाँ विशाल कदमको रुख थियो । हाल त्यहाँ पञ्चमुखी हनुमानजीको मूर्ति स्थापना गरिएको छ । कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर ) हटाएपश्चात लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गर्दै सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ ।

मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तीर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ । परिक्रममा सहभागी स्थानीयहरुका अनुसार परिक्रमा गर्ने भनेको जनकपुरमा १५ दिन परिक्रमा गर्न नसकेपनि पञ्चकोशी परिक्रमा गरेर सो सरह फल प्राप्त हुने बताउँछन् । नाङ्गो पाउले भक्तालुहरुले परिक्रमा गर्दा भगवानको परिक्रम गरेको फल प्राप्त हुने मान्यता रहेको बताउँछन् । यो परम्परा धार्मिक हिसावले धेरै पुरानो परम्परा रहेको र यसको परिक्रमा गर्दा सुख शान्ति प्राप्त हुने विश्वास रहेको बताउँछन् । उनीहरुले परिक्रममा नेपाल र भारतबाट समेत धेरै भक्तजनहरु आउने बताए ।

जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा शुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुन: भारत बिहारको करूणा, विशौल हुँदै जनकपुरधाममा विश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली खेल्ने प्रचलन छ ।