२४ पुष २०८१, बुधबार
,
Latest
एलिट कपमा दुई खेलः मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द सूर्यदर्शन सहकारी बचत अपचलनः प्रतिवादीहरूको थुनछेक बहस जारी पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए एमाले र माओवादीको केन्द्रीय समिति बैठक : आफू ‘ठीक’, अरु सच्चिनुपर्ने ! तराईमा शीतलहर, जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो



अ+ अ-

चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो ।

केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उहाँले बताउनुभयो । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उहाँको भनाइ छ ।

पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ । कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताउनुभयो । अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।रासस