२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो प्रतिक्षापछि नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

नेपालका सोमपाल कामीले दुबईका कप्तान मुहम्मद वसिमलाई शून्य रनमै आउट पारेका हुन् । उनले दोस्रो बलमा वसिमलाई पेभिलियन पठाए । यस्तै ऐरीले आर्यान लाक्रालाई एलबीडब्लु पार्दै आउट पारे । आर्यान ५० रन जोड्दै अर्धशतकीय इनिङ्स खेल्दै पेभिलियन फिर्ता भए ।

२३० रनको विजयी लक्ष्य पछ्याएको यूएई ताजा अवस्थामा २४ ओभरमा २ विकेटको क्षतिमा ९५ रनको स्थितीमा छ ।