२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटना भएको २४ घण्टासम्म दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीयद्वारा राजमार्ग अवरुद्ध



अ+ अ-

मकवानपुर । हेटौंडा स्थित पूर्व–पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट मृत्यु भएको २४ घण्टासम्म दोषीलाई पक्राउ गरि कारबाही गर्न नसकेको भन्दै यहाँका स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर नाराबाजी गरेका हुन् ।

शनिबार काठमाण्डौँबाट हेटौँडा आउने क्रममा हेटौँडा–१ तिरतिरे धारा नजिक हेटौडा– ६ चौघडा पुतली बजारका अन्दाजी ५२ वर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । सोमबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन नसकेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

उनीहरुले पुलिस प्रशासन मुर्दाबाद, दोषीलाई लुकाउन पाइदैन,पिडितलाई न्याए दे जस्ता नारा लगाएका थिए।