२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटना भएको २४ घण्टासम्म दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीयद्वारा राजमार्ग अवरुद्ध



अ+ अ-

मकवानपुर । हेटौंडा स्थित पूर्व–पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट मृत्यु भएको २४ घण्टासम्म दोषीलाई पक्राउ गरि कारबाही गर्न नसकेको भन्दै यहाँका स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर नाराबाजी गरेका हुन् ।

शनिबार काठमाण्डौँबाट हेटौँडा आउने क्रममा हेटौँडा–१ तिरतिरे धारा नजिक हेटौडा– ६ चौघडा पुतली बजारका अन्दाजी ५२ वर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । सोमबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन नसकेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

उनीहरुले पुलिस प्रशासन मुर्दाबाद, दोषीलाई लुकाउन पाइदैन,पिडितलाई न्याए दे जस्ता नारा लगाएका थिए।