• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

विश्वकप लिग टूः नेपालले यूएईसँग खेल्दै



काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज सोमबार घरेलु टोली यूएईसँग खेल्दैछ ।

यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । यूएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।