• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडको पोस्टमा लिभरपुलको ७ गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिभरपुलसँग ७–० गोलले पराजित भएको हो ।

यता, घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन कोडी गाप्को, डार्विन नुनेज र मोहमद सलाहले दुई–दुई गोल गरे भने रोबर्टो फिर्मिनोको नाममा एक गोल रह्यो ।

जितसँगै लिभरपुल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ४२ अंक छ । यस्तै पराजित युनाइटेड समान खेलबाट ४९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।