• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

विश्वकप लिग टू: पीएनजीद्वारा यूएई ५ विकेटले पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पीएनजीले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले जितको लागि दिएको सामान्य ९८ रनको लक्ष्य पीएनजीले २६ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । पीएनजीका टोनि उराले सर्वाधिक ३५ रन बनाउदै अविजित रहे । यस्तै सेसे बाउले १८ र हिरि हिरिले १४ रन बनाए ।

बलिङतर्फ यूएईका रोहन मुस्तफाले २ विकेट लिए भने जुनेड सिद्दीकि, आयन अफजाल खान र जाहुर खानले समान ११ विकेट लिए ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो ।

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाएर आउट भए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खराब ब्याटिङका कारण यूएईका चार खेलाडी शुन्य रनमा आउट भएका थिए । पीएनजीका लागि राइलि हिरुकेले ५ तथा चाड सोपारले ३ विकेट लिए ।