३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिने विप्लवको चेतावनी



file photo
अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिनुभएको छ । माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोरिने उहाँले चेतावनी दिनुभयो ।

काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताउनुभयो ।

माओवादीहरु अपराधी नभएको प्रष्ट पार्दै विप्लवले भन्नुभयो, “आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ । यो साँचो कुरा हो”