६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक बचाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य थियौ: शंकर पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावअघिको पाँच दलीय गठबन्धनलाई जनताले अस्वीकार गरेपछि मुलुक बचाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्न आफूहरू बाध्य भएको बताएका छन् ।

२४ औँ यदु स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

अहिले प्रचण्ड जसकाविरुद्ध जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन हिँडेको महासचिव पोखरेलले बताए । ‘जनादेशले एमालेले नेतृत्व दाबी गर्ने प्रकृतिको छैन भनेका थियौँ। तर, पाँच दलीय गठबन्धन पनि असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन आवश्यक छ भनेर नै हामीले माओवादी केन्द्रसँग एकता र सहकार्यको पहल गर्‍यौँ र प्रचण्डलाई प्रधानमन्त्री बनायौँ, उनले भने ।

देशमा आर्थिक संकट बढेको बेला नयाँ सरकार बनेपछि केही आसाको सञ्चार भएको महासचिव पोखरेलले दाबि गरे । अहिले देश र जनताको पक्षमा उभिँदा एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनले बताए ।