• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

वल्भ्ससँग टोटेनहम पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहम वल्भ्ससँग १–० गोलले स्तब्ध बनेको हो ।

वल्भ्सको जितमा एकमात्र निर्णायक गोल आडमा ट्रावरेले गरे । उनले ८२ औं मिनेटमा गोल गरेका हुन् ।

यस नतिजासँगै २६ खेलबाट ३५ अंकसहित टोटेनहम तालिकाको चौंथो स्थानमा रहेको छ । यता वल्भ्स समान खेलबाट २७ अंकसहित १३ औं स्थानमा छ ।