• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एपीएफले थ्री स्टारलाई हरायो



काठमाडौँ । विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले पहिलो खेलमै जित निकालेको हो ।

एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गरे भने खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गरेका हुन् ।

जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोड्न सफल रह्यो भने थ्रीस्टारले हारबाट लिगको सुरुवात गर्यो ।