३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

होलीमा रेस्लिङ महाभिडन्त



अ+ अ-

काठमाडौं:  नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ ।

रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराइन् । नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा (नेपाली ब्रो), हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यति लगायतले प्रतिस्पर्धा गर्ने छन् ।

भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा (सादिका) रिङमा उत्रने छन् ।

विभिन्न ५ स्पर्धामा भिडन्त हुनेछ । २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको अध्यक्ष भगवतीले जनाएकी छन् ।

भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।