२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिफ र सन्दीप सम्हालिँदा पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पिएनजीलाई तीन विकेटले पराजित गरेको हो । १८० रनको विजयी लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ८६ रनको योगदानी दिए ।

यस्तै, सन्दीप लामिछानेले ३५ रनको योगदानी दिए । सात विकेटको क्षति भइसकेको अवस्थामा आशिफ र सन्दीपले सम्हालिँदै नेपाललाई जित दिलाएका हुन् । आशिफ १३० बलमा ८६ रनमा तथा ५० बल खेलेका सन्दीप ३५ रनमा अविजित रहेका हुन् । यी दुई जोडीले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि यसअघि यति धेरै रनको साझेदारी भएको थिएन ।

यस्तै कुशल मल्लले २६ बलमा २३ रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पिएनजीका लागि अशाद भालाले तीन विकेट लिँदा सेसे बाउ र सेमो कमिआले दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो ।

पिएनजीका लागि टोनी उराले ३९ रन जोडे । ५१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, किप्लिन डोरिगाले ४३ बलमा २६ रन जोड्दा हिरी हिरीले ६३ बलमा ३१ रन जोडे । यसैगरी गाउडी टोकाले ४३ बलमा १५ रन जोड्दा सेसे बाउ ११ रनमा रनआउट भए । कप्तान अशाद भाला ११ रनमै पेभिलियन फर्किए ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीको नाममा एक–एक विकेट रह्यो ।