• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

पिएनजीविरुद्ध आशिफको अर्धशतक



काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालका आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी पपुवा न्युगिनीविरुद्धको खेलमा आशिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् ।

६ विकेट गुमाइसकेको स्थितीमा सम्हालिएर खेलेका आशिफले ८८ बलमा अर्धशतक पूरा गरे । आशिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।

१८० को विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितीमा ३३.३ ओभरमा ७ विकेटको क्षतिमा ११२ रन जोडेको छ ।