२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः दबाबमा नेपाल, गुमायो छैटौं विकेट



अ+ अ-

काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले खराब सुरुवात गरेको छ ।

पपुवा न्युगिनी (पिएनजी)ले दिएको १८० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट हुन पुग्दा, भरोसामा रहेका कप्तान रोहित पौडेल र आरिफ शेखद्वय १ रनमात्रै बनाउँदै पेभिलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको छ । यस्तै, दिपेन्द्र सिंह ऐरी पनि ८ रन जोड्दै पेभिलियन फर्किएका छन् । १६ बल खेलेका उनी पिएनजीका सेसे बाउको एलबीडब्लुको शिकार भए ।

यस्तै, ३५ बल फेस गरेका भीम सार्की पनि ८ रनमात्रै बनाउँदै आउट हुन पुगे । हाल क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन् । नेपालले ताजा स्थितीमा २६.३ ओभरमा ६ विकेटको क्षतिमा ७९ रन जोडेको छ ।