• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त हुनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी तिवारीलाई दिइएको हो ।

तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोमा निलम्बनमा परेपछि उक्त पद रिक्त थियो । विमानस्थलमा प्रमुखको जिम्मेवारी निभाइसकेका तिवारी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा प्रमुख हुनुहुन्थ्यो । प्रतिष्ठानमा अहिले देवचन्द्रलाल कर्णलाई पठाइएको छ ।

त्यस्तै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी हंसराज पाण्डेलाई दिइएको छ । उहाँ एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुख जिम्मेवारीमा हुनुहुन्थ्यो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसै साता अवकास पाउँदै हुनुहुन्छ ।