• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस

नारायणी पुल झिलीमिली



चितवन । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ ।

भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो ।

महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गर्नुभएको हो । डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ । प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो चरणमा नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताउनुभयो । ती बत्ती साँझको समयमा आफैँ बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ ।

उहाँले भन्नुभयो, “अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ ।”

Image

प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ । यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैँडाकोट नगरपालिकाको गैँडाकोट जोड्दछ । यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन् । पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन् ।

महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

दोस्रो चरण अन्तर्गत भरतपुरका विभिन्न स्थानहरुमा कुल ११८ कि.मि सडक बत्ती (३९३५ वटा), ६० मिनि मास्ट र १० हाईमास्ट जडान गरिने मेयर दाहालले जानकारी दिनु भएको छ। भरतपुरमा पहिलो चरणमा ७८.२ कि.मि सडक बत्ती (१९०० वटा) र हाईमास्ट जडान गरिसकिएको छ। यसरी यो अभियानमा भरतपुरभित्र ६००० वटा भन्दा धेरै स्मार्ट बत्तीहरु जडान हुनेछन। रासस