• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

संकटमा नेपाल: ७ विकेट गुमायो, अलआउट हुने सम्भावना



काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईबिरुद्ध नेपालले सात विकेट गुमाएको छ ।

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालको खराब प्रदशनीमा नेपालका तीन खेलाडि शुन्य रन बनाएर आउट भए ।

नेपालका लागि कुशल मल्लले अर्धसतक बनाए । मल्लले ४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका थिए । उनी मियाप्पाको बलमा मुस्ताफाको हातबाट क्याच आउट भए ।

यस्तै, ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र अरीफ शेख शुन्य रनमा आउट भए । यस्तै आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए भने दिपेन्द्र सिङ २२ बलमा ७ रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म २० ओभरमा नेपालले ७ विकेट गुमाएर ९९ रन बनाएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रनमा सिमित रहे ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।