२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिको प्रयास जारी, ६ गते एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू (भिडियो)



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि उहाँले एमसीसीको विवादबारे बहस गर्न पनि एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताउनुभयो । 

संसद् सार्वभौम संस्था भएकाले एमसीसीबारे निर्णय गर्न यसलाई संसद्मै लैजानुपर्ने उहाँको धारणा थियो । उहाँले आज संसद्मा एमसीसी टेबल नभए पनि फागुन ६ गते शुक्रबार टेबल गरिने जानकारी दिनुभयो । यसका लागि सत्ता गठबन्धनमा प्रयास जारी राखिने उहाँको भनाइ थियो ।

एमसीसीबारे सत्ता गठबन्धनमा अधिकतम सहमति गरी संसद्मा टेबल गर्न बिहीबार एक दिनको समय राखिएको उहाँले जानकारी दिनुभयो ।