• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

सन्दीपले लिए नेपालको लागि दोस्रो विकेट



काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको खेलमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

सन्दीपले यूएईका रित्य अरविन्दलाई १८ रनमा आउट गराए । सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दको ब्याटमा छोएर कुशल भुर्तेलको हातमा थामिन पुग्यो ।

तिब्र गतिका बलर करण केसीले नेपालको लागि पहिलो विकेट लिएका थिए । करणले यूएईका ओपनर मूहम्मद वसिमलाई आउट गराएका थिए ।

यो समाचार तयार पार्दासम्म यूएईले १५.२ ओभरमा २ विकेटको क्षतिमा ६० रन बनाएको छ ।