२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी एमालेको मात्र राष्ट्रपति बन्नुभयो: राष्ट्रियसभा उपाध्यक्ष अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको आलोचना गर्नुभएको छ ।

बिहीबार संसदीय पत्रकारहरुसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उहाँले राष्ट्रपति भण्डारी नेकपा (एमाले) को मात्र राष्ट्रपति जस्तो बन्नुभएको र राष्ट्रपति संस्थालाई सम्मानित बनाउन नसकेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा अनावश्यक राजनीति गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।”

उहाँले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको बताउनुभयो । राष्ट्रपतिले आफ्नो भूमिकालाई कार्यकारी जस्तो ठानेको उपाध्यक्ष अर्यालको भनाइ थियो । उहाँले भन्नुभयो, “हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन।”