२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी एमालेको मात्र राष्ट्रपति बन्नुभयो: राष्ट्रियसभा उपाध्यक्ष अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको आलोचना गर्नुभएको छ ।

बिहीबार संसदीय पत्रकारहरुसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उहाँले राष्ट्रपति भण्डारी नेकपा (एमाले) को मात्र राष्ट्रपति जस्तो बन्नुभएको र राष्ट्रपति संस्थालाई सम्मानित बनाउन नसकेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा अनावश्यक राजनीति गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।”

उहाँले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको बताउनुभयो । राष्ट्रपतिले आफ्नो भूमिकालाई कार्यकारी जस्तो ठानेको उपाध्यक्ष अर्यालको भनाइ थियो । उहाँले भन्नुभयो, “हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन।”




भर्खरै