१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतद्वारा कमलविनायक–नगरकोट सडक अनुगमन(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गरेको छ ।

उक्त सडक आयोजनामा भारतीय एक्जिम बैंकको पनि आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा भारतीय राजदूत श्रीवास्तव पनि सहभागी हुनुभएको हो । अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि रहेका छन् ।

टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

सडक निर्माण ढिलाइबारे उपप्रधानमन्त्री श्रेष्ठले निर्माण कम्पनीसँग स्पष्टीकरण माग्नुभएको थियो । कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बताएको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको बताइएको छ ।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक९नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताउनुभएके छ ।

अरु कारणले नभई ठेकेदारको उपेक्षाले सडक निर्माणमा ढिलाइ भएको भन्दै उहाँले भन्नुभयो, “अब हामी सहँदैनौँ ।”