३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

पाहुना पर्खदै बेनीका होटल

पाहुना पर्खदै बेनीका होटल
अ+ अ-

बेनीको बजार
जता माया उतै छ नजर
किरमिरे जाली रुमाल ।

टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा म्याग्दीका व्यवसायी प्रमोद श्रेष्ठले जिल्ला भ्रमणमा आउने आफ्ना साथीहरुलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सधैँ गुनासो सुन्नुपर्दथ्योे । विश्वका प्रमुख गन्तव्यमध्येको एक मुस्ताङ जानका लागि आउने हुन् या बेनीकै लागि आउने बस्न केही अघिसम्म होटलको राम्रो प्रबन्ध थिएन ।

बेनी बजारबाट करिब आठ किलोमिटरको पर छ सिंगा तातोपानी । यहाँ औषद्योपचारका लागि तातोपानी कुण्डमा डुब्न विभिन्न जिल्लाबाट आउने व्यवसायीले बस्ने ठाउँ नहुँदा आफूलाई गुनासो गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । “उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्ने गर्दथे तर त्यसका लागि नजिकै गतिलो होटल थिएन । साथीहरुको अनुरोधलाई नकार्न पनि नसक्ने अनि व्यवस्थापन गर्न पनि गाह्रो हुने अवस्था भएपछि निकै अप्ठ्यारो महसुस हुन्थ्यो । पछि आफैँले तातोपानी नजिकै होटल खोलेँ”, श्रेष्ठले भन्नुभयो । अहिले तातोपानी कुण्ड नजिकै होटल श्रेष्ठ हटस्पिरिङ सञ्चालनमा आएको छ ।

रु १५ करोड लागतमा खुलेको यस होटलमा ३६ वटा स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट श्रेणीका कोठा उपलब्ध छन् । तातोपानी कुण्डमा उपचारका लागि अनुसन्धानका लागि पनि स्वदेश र विदेशबाट मानिस आउने गरेका र उनीहरुको सेवाका लागि आफूहरु रहेको सो होटलका प्रबन्ध निर्देशक प्रतिश श्रेष्ठ बताउनुहुन्छ ।

“म्याग्दी र यस कुण्डमा आउने र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो”, उहाँले भन्नुभयो, “अहिले पर्यटक आगमनको याम नभएर त्यति धेरै पर्यटक छैनन् तर वैशाखका लागि राम्रो बुकिङ भएको छ । कोरोनाका कारण तीन चार वर्षदेखि हिँडडुल गर्न नपाएका स्वदेशी र विदेशी पाहुनाको आगमन अब वैशाखदेखि बढ्ने अपेक्षा गरेका छौँ ।”

संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले पनि रु २० करोड लगानीमा अर्को होटल ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा ल्याउनुभएको छ । दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने स्वदेशी तथा भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरमा करिब रु पाँच करोड लगानीमा होटल मदरल्याण्ड इन सञ्चालन भएको छ । होटलका सञ्चालक होटल व्यवसायी टङ्कलाल श्रेष्ठले भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी ठूलो र सुविधायुक्त होटल सञ्चालन गरेको बताउनुभयो ।

बेनीको लामा होटलका सञ्चालक राजन लामाले क्षमता विस्तारका लागि नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेष्टुराँमा रु दुई अर्ब बढीको लगानी छ ।

हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिकस्थल र पहाडी भूगोलको दृष्य अवलोकनका लागि म्याग्दीमा पर्यटक आउने गर्दछन् । म्याग्दी नदीको असला माछा, स्थानीय जातको सिमीको दाल, च्याउ र टुसा, आलुको परिकार, टिम्मुरको चटनी बेनीका होटल र रेष्टुराँमा स्वाद लिन सकिन्छ ।

धौलागिरि, अन्नपूर्ण, गुर्जालगायत हिमशृङ्खला आरोहण, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण धौलागिरि पर्यावरणीय, धौलागिरि र अन्नपूर्ण चक्रीय पदयात्रामा आउने पर्यटक, मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीको लागि पनि बेनी प्रवेशद्वार हो ।

विसं २०६४ मा बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तीर्थयात्रीले बेनीमा बास नपाउने अवस्था थियो । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो । होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या हटेको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।

“हामीकहाँ दुई ५० होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तातोपानी, बेनी र गलेश्वरका सुविधायुक्त होटलमा दैनिक एक हजार जना पाहुना राख्न सकिन्छ ।” वैदेशिक रोजगारीबाट फर्केपछि १५ वर्षदेखि बेनीमा होटल सञ्चालन गरिरहेका आचार्यले गलेश्वरमा स्थानान्तरणका लागि भवन निर्माण गरिरहनुभएको छ ।

प्रशासनिक, बैंकिङ र व्यापारिक कामले गाउँबाट सदरमुकाम पुग्ने देश सङ्घीयतामा प्रवेश गरेपछि र ठाउँ ठाउँमा सडक विस्तार भएपछि घटेका छन् । अहिले बेनीका होटल धानिने मुख्य आधार पछिल्लो समय देशका विभिन्न स्थानबाट म्याग्दी र मुस्ताङ घुम्न आउने पाहुना बन्न थालेका छन् ।

सङ्घसंस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर घुम्न आउनेको सङ्ख्या बढ्दो छ । यसअघिका तीन वर्ष कोरोना भाइरसको महामारी र बन्दाबन्दीले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन थालेको होटल व्यवसायी सङ्घ म्याग्दीका सचिव सरोज थापाले बताउनुभयो ।

उहाँका अनुसार कोरोनाका कारण पर्यटक आगमन नभएको यसअघिका वर्षलाई म्याग्दीका व्यवसायीले होटलको क्षमता विस्तार र व्यवस्थापनमा उपभोग गरेका छन् । पुराना होटलले सुविधा र क्षमता विस्तारका साथै केही नयाँ सुविधासम्पन्न होटल यही अवधिमा खुलेका छन् । पछिल्लो तीन वर्षमा म्याग्दीको होटलमा रु एक अरबको हाराहारीमा लगानी थपिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेनी विश्वका प्रमुख गन्तव्यस्थलमध्यको एक मुस्ताङ जाने प्रवेशद्वार पनि हो । बेनी विसं १६३१ देखि १८४३ सम्म तत्कालीन बाइसे चौबिसे राज्यअन्तर्गत तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी थियो । दुई सय वर्षसम्म हिउँदको चार महिना बेनी र आठ महिना ढोलथान दरबारबाट राज्य सञ्चालन हुने गरेको इतिहास भेटिन्छ । रासस