• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सुनचाँदी कारोवार ऐन बनाउन भूमिका खेल्छु: सांसद बराली



चितवन । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी कारोवार सम्बन्धी छुट्टै ऐन कानुन निर्माण गरिनुपर्ने माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आठौं साधारणसभाका क्रममा व्यवसायीहरुले सुनचाँदी क्षेत्रमा अहिलेसम्म नीति नियम नहुँदा व्यवसाय गर्न अप्ठेरो परेको भन्दैं सुनचाँदी कारोवार ऐन बन्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले राज्यले सुनचाँदी व्यवसायलाई उपेक्षा गरेको भन्दैं व्यवसायीहरु आन्दोलनको लागि एक हुनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले सुनचाँदी कारोवार ऐन, कानुन निर्माणको लागि आफुले सक्दो सहयोग गर्ने बताए । राज्यले अर्बौंको भ्रष्ट्राचार गर्नेलाई उन्मुक्ति दिने तर सीप देखाएर रोजीरोटी गर्ने सुनचाँदी पेशाकर्मीहरुलाई सम्पत्ति शुद्धीकरणबाट दु:ख दिने काम भएको सांसद बरालीले बताए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, उपाध्यक्ष विपिन रामुदामु लगायतले व्यावसायिक हकहितका लागि देशभरका व्यवसायी एक हुनुपर्ने बताए । संघका जिल्ला अध्यक्ष डा। यम विकेको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष उत्सव खातीको संयोजकत्वमा सम्पन्न भएको थियो ।