१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ को नाम ‘कोसी’ प्रस्ताव पारित



फाईल फोटो
अ+ अ-

विराटनगर । प्रदेश नं १ को नाम कोशी प्रदेश भएको छ । बुधबार प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्ताव पेश हुँदा बहुमतले पारित भएको हो ।

कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत जाहेर गरे भने विपक्षमा ४ मत परेको छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ५८(ख) बमोजिम आज प्रस्ताव पेश भएको हो ।

सत्तापक्ष नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव गर्नुभएको ‘कोशी’ नामलाई सभामुख बाबुराम गौतमले निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत गरेको थियो ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशको नाम ‘किराँत–लिम्बूवान–सगरमाथा’ प्रदेश हुनुपर्ने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

कोशी प्रदेश नाम राख्ने प्रस्तावमा नेपाली कांग्रेसका भूपेन्द्र राई, एमालेका रेवतीरमण भण्डारी र राप्रपाका गोपाल विश्वकर्माले समर्थन जनाउनुभएको थियो भने अस्वीकृत प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो, जसपाका निर्मला लिम्बूले समर्थन जनाई प्रदेशको नाम पहिचान र सामथ्र्यको आधारमा हुनुपर्ने माग राख्नुभएको थियो ।

प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने प्रस्तावमाथिको छलफल सकिएपछि सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिनुभएको थियो । त्यसपछि बसेको प्रदेशसभाको बैठकमा प्रदेश नं १ को नाम कोशी राख्ने प्रस्ताव बहुमतले पारित भएको हो ।