२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ ।

आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा। ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गर्नुभयो ।

नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।