२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो ।

नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक एक सय ११ दशमलव २० अङ्कले घटेको छ । बैंङ्किङ समूह सात दशमलव ६३, विकास बैंक ५१ दशमलव ४५, वित्त समूह १० दशमलव ५७, होटल तथा पर्यटन समूह ४७ दशमलव ०७ र जलविद्युत् समूह ३४ दशमलव ९५ अंकले घटेको नेप्सेले जनाएको छ ।

त्यसैगरी, आज लघुवित्त समूहको उपसूचक एक सय ४ दशमलव ६७ र निर्जीवन बीमा समूहको उपसूचक ९७ दशमलव ६२ अकले घटेको छ । लगानी समूह शून्य दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ११ व्यापार समूह २७ दशमलव ७१ र अन्य समूह १९ दशमलव ११ अङकले घटेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल ९तराई० लिमिटेडको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रू आठ करोड ७२ लाख ३७ हजार बराबरको एक लाख ७९ हजार चार सय ९० कित्ता शेयर खरिद–बिक्री भएको छ ।रासस