• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो ।

नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक एक सय ११ दशमलव २० अङ्कले घटेको छ । बैंङ्किङ समूह सात दशमलव ६३, विकास बैंक ५१ दशमलव ४५, वित्त समूह १० दशमलव ५७, होटल तथा पर्यटन समूह ४७ दशमलव ०७ र जलविद्युत् समूह ३४ दशमलव ९५ अंकले घटेको नेप्सेले जनाएको छ ।

त्यसैगरी, आज लघुवित्त समूहको उपसूचक एक सय ४ दशमलव ६७ र निर्जीवन बीमा समूहको उपसूचक ९७ दशमलव ६२ अकले घटेको छ । लगानी समूह शून्य दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ११ व्यापार समूह २७ दशमलव ७१ र अन्य समूह १९ दशमलव ११ अङकले घटेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल ९तराई० लिमिटेडको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रू आठ करोड ७२ लाख ३७ हजार बराबरको एक लाख ७९ हजार चार सय ९० कित्ता शेयर खरिद–बिक्री भएको छ ।रासस