• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो ★   प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी ★   रामेछापमा जुनारको जुस बिक्री बढ्यो ★   गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण

वीरगञ्जमा अनाधिकृत घर टहरा हटाउन सुरु



पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ ।

महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको हो । माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका छन् । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।